|

दमकः भुटानी शरणार्थी युवा दियालो सुशन माझीले आफ्नो पहिलो गीतसंग्रह ‘इन्द्रेणी’ बजारमा ल्याएका छन्।

हाल अमेरिकामा बस्दै आएका गीतकार माझीले आफ्नो पहिलो एल्बम इन्द्रेणी बजारमा ल्याएका हुन्। गीतकार माझीको यस एल्बममा लोकप्रिय गायक/संगीतकारका प्रतिभा समेटिएका सातओटा गीत रहेका छन्। तीमध्ये छओटा अमेरिकामै बसोवासको क्रममा सिर्जना गरेका हुन् उनले।

शुक्रबार दमकमा आयोजित पत्रकार भेटघाटमा सुशनले बेलडाँगी– ३ बाट दुई वर्षअघि अमेरिकाको टेक्सास पुगेका उनका गीतमा चल्तीका गायक गायिकाको स्वरलाई समावेश गरिएको बताए। उनको एल्बममा राजेशपालय राई, मेलिना राई, धर्मेन्द्र सेवान तथा रामबाबु राईको स्वर छ। 

यस्तै, ताराप्रकाश लिम्बूले दुइटा गीतमा स्वर र संगीत भरेका छन्। एल्बममा समावेश गीतमा सुरेश अधिकारी, उत्तमजंग लिम्बू, अम्बर तुम्बापो लिम्बू, रामबाबु राई तथा राईमान राईको संगीत रहेको छ। पहिलो एल्बममै वरिष्ठ संगीतकार तथा गायक गायिकाको साथ पाएर आफू उत्साही भएको उनले बताए। 

उनका अनुसार एल्बममा आधुनिक गीतहरू समावेश गरिएको छ। उनले अमेरिका बसे पनि सधैँ नेपाली गीत संगीतमा लागिरहने बताए। उनले नेपालसँगको भावनात्मक सम्बन्ध भएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.