अर्थ

सौर्य ऊर्जाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा, इन्जिनियर्स एसोसिएसनले गर्‍यो सुरुवात
SHARES

साउन २०, २०७४

    काठमाडौँ: सौर्य ऊर्जाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न थालिएको छ। नेपाल विद्युत प्राधिकरणले गत बैशाखमा नेट मिटरिङ कार्यविधि पास गरेपछि सोही कार्यविधिअनुसार केन्द्रीय प्रसारण लाइनमा जडान गर्न थालिएको हो।

    शुक्रबारबाट यो कार्यविधिअनुसार नेपाल इन्जिनियर्स एसोसिएसनको भवनमा उत्पादित १५ दशमलब ६ किलोवाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन बोर्डको आर्थिक सहयोगमा इन्जिनियर्स एसोसिएसनको भवनमा ६० वटा सौर्य पातामा सौर्य ऊर्जा प्रणाली जडान गरी १५ दशमलब ६ किलोवाट विद्युत उत्पादन गरेको छ। यसअन्तर्गत दिउँसोको समयमा आवश्‍यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र व्याट्रीमा ऊर्जा सञ्चय गरी बचत भएको राष्ट्रिय प्रसारण लाइनमा जम्मा गरिनेछ।

    यो विद्युत नेट मिटरिङमार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ। नेपाल इन्जिनिर्स एसोसिएसनले वैकल्पिक ऊर्जा प्रवर्द्धन बोर्डबाट ४० लाख रुपैयाँको आर्थिक सहयोग प्राप्त गरी सोलार ऊर्जा उत्पादन गरेको हो। नेपाल इन्जिनियर्स एसोसिएसनले अौसत रुपमा ४ किलोवाट विद्युत प्रयोग गर्नेमा ११ दशमलब ६ किलोवाट विद्युत राष्ट्रिय प्रसारण लाइनमार्फत् वितरण हुनेछ।

    कसरी जान्छ प्रसारण लाइनमा?
    नेपाल विद्युत प्राधिकरणले गत बैशाखमा नेट मिटरिङ कार्यविधि ल्याएको छ। यो दोहोरो विद्युत् प्रवाहको तुलनात्मक हिसाब निकाल्ने मिटरिङको अवधारणा हो। यसमा ग्राहकले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् लिने र राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् दिने काम आवश्यकता र उपलब्धताअनुसार गर्न सक्छन्।

    ग्राहकले आफ्नो घर, कार्यालय, वा अन्य निजी घरहरूमा जडान गर्ने सौर्य ऊर्जा प्रणालीबाट उत्पादित विद्युत् पहिले आफूले खपत गर्छन्। यस क्रममा खपत गरेर बढी हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जानेछ।

    त्यसैगरी सौर्य ऊर्जा प्रणालीबाट विद्युत् उत्पादन नभएको समय राती, घाम नलागेको दिन आदिमा राष्ट्रिय प्रसारण प्रणालीकै विद्युत् उपभोग गर्छन्। यो कार्य सौर्य ऊर्जा प्रणालीबाट विद्युत् उत्पादन भइरहँदा त्यसले अपुग भएको परिमाणमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् लिने कामसँगै पनि हुन्छ।

    ग्राहकले पुगेसम्म आफ्नै उत्पादनको विद्युत् उपभोग गर्न पाउने हुँदा उक्त परिमाण बराबरको विद्युतको लागि प्राधिकरणलाई महसुल तिर्नुपर्दैन। यस्ता ग्राहकले राष्ट्रिय प्रसारण प्रणालीबाट गरिएको बढी परिमाण विद्युत् खपतको मात्र महसुल तिरे पुग्छ।

    अभियानको रूपमा अघि बढाइने
    नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले सौर्य ऊर्जा उत्पादनमार्फत प्रसारण लाइनमा जोडिने अभियानमा लाग्नुपर्ने बताए। 'हामीले उत्पादन गर्ने १५ दशमलब ६ किलोवाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ, यो अभियानको रूपमा सुरु गर्न सकियो भने एक वर्षमा सय मेगावट विद्युत सौर्य ऊर्जामार्फत राष्ट्रिय प्रसारण लाइनमा पुग्छ', अध्यक्ष श्रेष्ठले भने।

    उनले अहिले मिश्रित ऊर्जाको आवश्‍यकता भएको भन्दै एउटै स्रोतमा केन्द्रित हुनको लागि विद्युत प्राधिकरणलाई आग्रह पनि गरे।

    नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सञ्चय गर्नको लागि नेट मिटरिङ व्यवस्था फलदायी हुने बताए। उनले ऊर्जाको पर्याप्त स्टोर नभएको कारण यसरी सानासाना उत्पादनसमेत प्रसारण लाइनमा जडान गर्न आवश्यक रहेको बताए। अबका दिनमा सरकारी कार्यलय तथा ठूला विजनेश हाउसहरूबाट समेत यसैगरी नेट मिटरिङ गरी सौर्य ऊर्जा प्रयोगमा ल्याइने उनले बताए। अहिले ५ किलोवाटसम्मको सौर्य ऊर्जामा नेट मिटरिङको व्यवस्था गरिएको छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]