|

काठमाडौँ: नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुको अर्को तीज गीत बजारमा आएको छ। उनको यो तीज गीत पाँचौँ हो। लोकनाथ सापकोटाको शब्द तथा लय संकलन रहेको गीत ‘प्यारो माइती...’ मा अनिताले स्वर दिएकी हुन्।

तीजको मर्म र परम्पराअनुसार चेली र माइतीको विषय नै आफ्नो गीतले उठाएको उनले बताइन्। प्रत्येक वर्ष नयाँ तीज गीत ल्याउने सोच रहेको बिन्दु बताउँछिन्।

अहिलेका तीजका गीत कमेडी बन्दै गएको बताउँदै मौलिकतामा अतिक्रमण रोकिनुपर्ने उनले बताइन्।

यसपालिको अनिता बिन्दुको गीतको भिडियोमा मुख्य भूमिका अञ्जली अधिकारीको छ भने म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन्।

हेर्नुस् भिडियो

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.