मतान्तर घटाउँदै रेणु

|

चितवन : भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र र कांग्रेसको गठबन्धनबाट प्रमुखको उम्मेदवार रेणु दाहालको मतान्तर घट्ने क्रममा छ।

वडा नम्बर १९ को १६०५ मत गन्दा मतान्तर ५१२ मा झरेको हो। ज्ञवालीले ४१ हजार ५४३ मतका साथ अग्रता लिइरहेका छन् भने दाहालले ४१ हजार ३१ मतका साथ मतान्तर घटाएकी छिन्। भरतपुर वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान भएको हो। २ हजार ८ सय ७० मत खसेको थियो।

शुक्रबार अपराह्न मतदान सकिएसँगै राति साढे १० बजे गणना सुरु भएको हो। अघिल्लो पटक गणनाको क्रममा मतपत्र च्यातिएको घटनालाई ध्यानमा राखी मतगणनास्थललाई तारजालीले घेरेर सुरक्ष्ति बनाइएको छ।   

वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मतदान भएको थियो। मतगणनाका क्रममा जेठ १४ गते राति माओवादी केद्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि विवाद भएको वडा नम्बर १९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएको थियो।

भरतपुर महानगरपालिकामा वडा नम्बर १९ र वडा नम्बर २० को मतगणना बाँकी छँदा एमालेका देवी ज्ञवाली कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अघि थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.