राजनीति : स्थानीय निर्वाचन २०७४

भरतपुरमा एमालेका देवीको अग्रता कायमै, २ हजार मत गन्दा मतान्तर घटाउँदै गठबन्धनकी रेणु
SHARES

साउन २१, २०७४

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ को २ हजार ७ मत गन्दा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६६९ मतका साथ अग्रता कायम राखेका छन्। माओवादी र कांग्रेसको गठबन्धनबाट प्रमुखकी उम्मेदवार बनेकी रेणु दाहालले ४१ हजार २५२ मत ल्याएर मतान्तर घटाइरहेकी छन्।

    २ हजार ७ मत गणनाको परिणाम आउँदा मतान्तर ४१७ मा झरेको छ।

    त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाहले ४५ हजार १४० मत प्राप्त गरेकी छन् भने एमालेकी उपप्रमुख उम्मेदवार दिव्या शर्मा आचार्यले ३८ हजार ३३८ मत ल्याएकी छिन्।

    वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान भएको थियो। यो वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन्। भरतपुर–१९ मा शुक्रबार भएको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८७० मत खसेको थियो।

    वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मतदान भएको थियो। मतगणनाका क्रममा जेठ १४ गते राति माओवादी केद्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि विवाद भएको वडा नम्बर १९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएको थियो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]