|

रूपन्देही : भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ। बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो।

निगमले गत असारमा रूपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको थियो। त्यसमध्ये १४ कठ्ठा नदीकै बगरमा पर्छ। जहाँ पहिला रोहिणी नदी बग्थ्यो। नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो। अहिले नदीबाट उर्लिएको भेल निगमको जग्गा हुँदै बगेको छ।

भू–माफियासँग चलनचल्तीको मूल्यभन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो। ओमसतिया गाउँपालिका–४ र ५ मा पर्ने रोहणी नदी किनारमा चल्तीको न्यूनतम मूल्य प्रतिकठ्ठा साढे १ लाखदेखि ३ लाख रुपैयाँ पर्छ । तर, निगमले १० लाख ९३ हजार रुपैयाँका दरले खरिद गरेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.