|

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ को २ हजार ७ मत गन्दा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७७४ मतका साथ अग्रता कायम राखेका छन्।

माओवादी र कांग्रेसको गठबन्धनबाट प्रमुखकी उम्मेदवार बनेकी रेणु दाहालले ४१ हजार ५०३ मत ल्याएर मतान्तर घटाइरहेकी छन्। वडा नं. १९ को२४१० मत गन्दा मतान्तर २७१ मा झरेको छ।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाहले ४५ हजार ३९८ मत प्राप्त गरेकी छन् भने एमालेकी उपप्रमुख उम्मेदवार दिव्या शर्मा आचार्यले ३८ हजार ४३४ मत ल्याएकी छिन्।

वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान भएको थियो। यो वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यले अग्रता कायम गरेका छन्। भरतपुर–१९ मा शुक्रबार भएको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८७० मत खसेको थियो। वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मतदान भएको थियो।

मतगणनाका क्रममा जेठ १४ गते राति माओवादी केद्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिएपछि विवाद भएको वडा नम्बर १९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.