|

बाँके : जर्बजस्ती करणीका घटनामामा वृद्धि भएको छ। आर्थिक वर्ष २०७३-७४ मा ३९ वटा जर्बजस्ती करणी मुद्दा दर्ता भएको बाँके प्रहरीले जनाएको छ। आव २०७२-०७३ मा २६ वटा जर्बजस्ती करणीका मुद्दा दर्ता भएका थिए।

प्रहरीका अनुसार जर्बजस्ती करणी उद्योगका घटनामा पनि वृद्धि भएको छ। आव २०७३-०७४ मा जर्बजस्ती करणी उद्योगका २७ वटा मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए। उनले आव २०७२-०७३ को तुलनामा जर्बजस्ती करणीका ४ वटा बढी मुद्दा दर्ता भएको बताए।

वार्षिक प्रगतिको बारेमा जानकारी दिँदै उनले कर्तब्य ज्यानका १५ वटा मुद्दा दर्ता भएका बताए। आव २०७२-०७३ मा कर्तव्य ज्यान सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको राईले जानकारी दिए। उनका अनुसार ज्यान मार्ने उद्योगको २२, भवितव्य ज्यान ५५, गर्भपतनको १, विष सेवन गरी आत्महत्या ३१, झुन्डिएर आत्महत्या ४४ र अपहरणका ५ वटा घटना दर्ता भएका छन्।

मानव बेचविखनका मुद्दामा समेत वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा १८ वटा मानव बेचविखनका मुद्दा दर्ता भएका छन्। सवारी ज्यान सम्बन्धी मुद्दामा वृद्धि भएपनि हात–हतियार तथा खरखजाना मुद्दामा भने कमी आएको छ। 

आव २०७२-०७३ मा मानव बेचविखनका १२ वटा मुद्धा दर्ता भएको थियो भने आव २०७३-०७४ मा हात–हतियार खरखजानाका ६ वटा मुद्दामात्र दर्ता भएको छ।
बाँकेमा लागूऔषध प्रयोग र बेचविखनको अवस्था डरलाग्दो बनेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

एक वर्षको अवधिमा १ सय ३७ जना लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्‍नलाई पक्राउ गरी कारबाही गरिएको प्रहरी प्रमुख राईले बताए। ‘लागूऔषध प्रयोग र ओसारपसार बाँकेको सुरक्षा चुनौतिको रुपमा रहेको छ,’ उनले भने। 

उनले १ जनामाथि आगो लगाइएको तथा १ जना बालिकामाथि यौन दुराचार भएको मुद्दा दर्ता भएको जानकारी दिए। भन्सार चोरी पैठारी गरिरहेकालाई पक्राउ गरि कारबाही गरेर १ करोड १९ लाख १६ हजार ६ सय ५२ रुपैयाँ राजस्वमा जम्मा गरिएको प्रहरी प्रमुख राईले बताए। उनले घरेलु हिंसाका ३ सय ९७ वटा घटना दर्ता भएको समेत जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.