|

  • दाना शाही

जुम्ला : गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएका ५०४ जना उम्मेदवारले अझै चुनावमा भएको खर्चको विवरण बुझाएका छैनन्।
चुनाव सम्पन्न भएको मितिले ३५ दिनभित्र विवरण बुझाउनु पर्ने नियम भए पनि अहिलेसम्म झण्डै आधाजसो उम्मेदवारले खर्च विवरण नबुझाएको जुम्लाका जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। चुनावमा भाग लिएका १ हजार १९८ उम्मेदवारमध्ये ६९४ जनाले मात्र विवरण बुझाएको सुवेदीले बताए।

कनकासुन्दरी गाउँपालिकाका १६८ उम्मेदवारमध्ये ६८, गुठीचौर गाउँपालिकाका ९४ मध्ये ४९, चन्दननाथ नगरपालिकका १८८ मध्ये १२३, तातोपानी गाउँपालिकाका १३९ मध्ये ७८, तिला गाउँपालिकाका १५६ मध्ये १३७, पातारासी गाउँपालिकाका ११६ मध्ये ८६, सिंजा गाउँपालकिाका १३० मध्ये ४६ र हिमा गाउँपालिकाका १४४ मध्ये ८३ उम्मेदवारले मात्र चुनावी खर्च विवरण पेस गरेका छन्। निर्वाचित ३६३ उम्मेदवारमध्ये २४३ जनाबाट खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

‘उम्मेदवारहरुलाई चुनावको खर्च विवरण पेस गर्न बारम्बार सूचना जारी गरे पनि सबैले अझै बुझाएका छैनन्,’ सुवेदीले भने। यसरी अटेरी गर्नेहरुको नाम निर्वाचन आयोगमा पठाउने र आयोगले नै कारबाही गर्ने उनको भनाइ छ। यस्तै जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाकाको कार्यपालिका निर्वाचनमा भाग लिने ८५ जना उम्मेदवारमा २४ जनाले मात्र खर्च विवरण पेस गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.