|
pixabay.com

रुकुम  ः एक सातादेखि केन्द्रीय विद्युत लाइन अवरुद्ध हुँदा सदरमुकाम मुसिकोटलगायत अासपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ। सल्यानको बांगेलाखुरी र खरिबोटमा रहेको केन्द्रीय प्रसारण लाइन र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि आइतबारदेखि विद्युत अवरुद्ध भएको हो।

विद्युत अवरुद्ध हुँदा यहाँका उपभोक्ता, व्यापारि र विद्यार्थीलगायत समस्यामा परेका छन्। विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन्। एसईई पूरक परीक्षा तयारी गरिरहेका विद्यार्थी झनै समस्यामा परेका छन्। इन्टरनेट र फोन सेवा समेत प्रभावित बनेको छ। 

मुसीकोट वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले विग्रिएको स्थान पत्ता लगाई जतिसक्दो छिटो विद्युत सुचारु गर्न लागिरहेको बताए। जिल्लामा लामो दूरी भएको र  बिचमा सब स्टेशन नहुँदा बेला बेला विद्युत ‘फल्ट’ जाने समस्या हुने विद्युत प्राधिकरण मुसीकोट वितरण केन्द्रले जानकारी दिएको छ। बेला बेलामा विद्युत् अनियमित हुँदा यहाँका सर्वसाधारणले हैरानी बेहोर्नु परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.