|

चितवन : स्थानीय तह निर्वाचनमा बहुचर्चित भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हात पारेपछि नेकपा मा‌ओवादी केन्द्र र नेपाली कांग्रेसले आइतबार संयुक्त जुलुस निकालेर खुसियाली मनाएका छन्।

वैशाख ३१ मा चुनाव भएको झण्डै ३ महिनापछि १९ नम्बर वडामा पुन: मतदान गरेर भरतपुर महानगरले शनिबार राति प्रमुख र उपप्रमुख पाएको हो। महानगर प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १ सय २७ तथा उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएका छन्।

भरतपुरमा कांग्रेस र माओवादीले संयुक्त उम्मेदवारी दिएका थिए। कांग्रेसको पकड क्षेत्रमा कांग्रेसकै साथ पाउँदा पनि रेणुलाई विजयी हुन निकै कठिन प्रतिस्पर्धा गर्नुपर्‍यो। उनले एमाले उम्मेदवार देवी ज्ञवालीलाई मात्रै २ सय ३ मतले पराजित गरिन्।

हेर्नुहोस् विजयी जुलुसका केही दृष्य :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.