|

काठमाडौं : देश किन बनेन भनेर विभिन्न वृतमा बहस हुने गरेका छन्। जीवनप्रसाद राईले लेखेको पुस्तकले यो देश किन बनेन भन्ने विषयमा नै पुस्तक लेखेका छन्। राईले लेखेको 'देश किन बनेन: एक कृषि अभियन्ताको अनुभव' बजारमा आएको छ।

पुस्तकमार्फत राईले कृषि पर्यटनबाट नेपाल समृद्ध मुलुक बन्छ भन्ने विश्वास व्यक्त गरेका छन्। उनी लामो समयदेखि कृषिमा आधुनिकीकरण र कृषि पर्यटनको अभियानमा संलग्न छन्। उनी यो अभियानलाई लिएर देशका विभिन्न अधिकांश जिल्ला घुमेका छन्।

लेखकले १३ वर्ष 'सिप्रेड' मा काम गरेको अनुभवलाई पनि पुस्तक लेखनमा लगाएका छन्। सामाजिक परिचालन, कृषि प्रविधि र ग्रामीण विकासको व्यावहारिक पाटोमा काम गरेका उनले पुस्तकमा सामाजिक, राजनीतिक अवस्थाको मूल्यांकनपछि देश नबन्नुका कारण पुस्तकमार्फत बाहिर ल्याएको बताएका छन्।

पुतकमा कृषि, समाज, पर्यटन र समसामयिक अवस्थाको व्याख्या गरेका छन्। लेखकले ग्रामीण विकास, कृषि, पर्यटन र सामाजिक उधमशिलतामा चासो राख्ने पाठकका लागि पुस्तक उपयोगी हुने बताए। सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.