|

दमक: मोफसलमा रंगमञ्चको संभावनाका विषयमा शनिबार झापाको दमकमा छलफल भएको छ। दमक पब्लिक लाइब्रेरीको युथ टिमको संयोजनमा रंगमञ्चको बारेमा छलफल गरिएको हो।

कार्यक्रममा कलाकार राज थापा, सिजन दहाल र इँगिहोपो कोइच सुनुवारले रंगमञ्चभित्रको रंगको विषयमा बोलेका थिए। कलाकार राज थापाले मानव सभ्यतासँगै नाटकको विकास भएको बताए। उनले समाजमा भएका यथार्थलाई रंगमञ्चले नाटकीय ढंगबाट प्रस्तुत गर्ने बताए। उनले भने, ‘रंगमञ्च यस्तो माध्यम हो, जसले समाजमा भएका राम्रा र नराम्रा कुरालाई नाटकीय ढंगबाट प्रस्तुत गरेको हुन्छ।’ नाटकले समस्यालाई उठाएर समाधानको उपाय पनि खोज्ने उनले बताए।

इँगिहोपो कोइच सुनुवारले माफोसलमा नाटकलाई स्थापित गर्न समस्या भएको बताए। उनले भने, ‘मोफसलमा नाटक स्थापित भएको छैन, मानिसमा नाटक हेर्ने बानीको विकास भएको छैन।’ नाटकका कलाकारलाई अहिले पनि गाउँघरतिर राम्ररी नहेरिने उनले बताए। उनले राजधानीबाहिर पनि नाटक हेर्ने बानीको विकास गर्नुपर्ने बताए।

सिजन दहालले मोफसलमा थिएटरहरू नहुँदा कलाकारलाई समस्या भएको बताए। उनले भने, ‘थिएटर नहुँदा धेरै समस्या भएको छ, नाटक खेल्न चाहने कलाकारहरूले अवसर पाएका छैनन्।’ नाटक सिक्न मोफसलबाट सधैँ काठमाडौँ जानुपर्ने बाध्यता रहेको पनि उनले बताए। ‘अहिले पनि देश संघीयतामा गयो भनिएको छ, तर पनि मोफसलका कलाकारले नाटक सिक्न काठमाडौँ जानुपर्ने बाध्यता छ', उनले भने, 'पैसा भएका त काठमाडौँ जान्छन्, नभएकाहरूले नाटक सिक्न पाउने अवस्था छैन।’ मोफसलका मुख्य शहरहरूमा थिएटरहरू स्थापना गर्नुपर्ने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.