|

सुर्खेतः मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा आन्दोलनरत विद्यार्थीहरूले आइतबार विश्वविद्यालय क्याम्पस परिसरमा कालो झण्डा राखेका छन्।

विश्वविद्यालयले नियमविपरीत दिन लागेको सम्बन्धनको विरोध जनाउँदै २४ घण्टे अल्टिमेटम दिएका विधार्थीहरूले माग पूरा गर्नका लागि बेवास्ता गरिएपछि आइतबार निधारमा कालो पट्टी बाँधेर क्याम्पस परिसरमा कालो झण्डा राखेका हुन्।

विश्वविद्यालयहरूले निजी क्याम्पसहरूलाई सम्बन्धन दिन लागेकाले संयुक्त विद्यार्थी संगठनहरू दुई महिनादेखि निरन्तर आन्दोलनमा छन्।

विश्वविद्यालयले अनुदान आयोगकोे निर्देशनविरुद्ध सम्बन्धन दिन लागेको आरोप लागेको छ। यसअघि संयुक्त विद्यार्थी संगठनले धर्ना दिएर, निधारमा कालो पट्टी बाँधेर विरोध प्रदर्शनसमेत गरिसकेका छन्।

आइतबारबाट विश्वविद्यालयका सम्पूर्ण पठनपाठनका कक्षाहरू बन्द गर्ने निर्णय पनि गरिएको छ। आफ्ना विरोधका कार्यक्रहरूलाई बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने संयुक्त विद्यार्थी संगठनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.