|

धादिङ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ट्रिपरले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन् । 

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको ट्रिपरले सोमबार बिहान सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको हो। ट्रिपरको ठक्करबाट धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए।

घाइते भएका तीन जनलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल पठाइएको छ। ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.