देश दौडाहामा 'ग्याङस्टर ब्लुज' टिम

|

काठमाडौं : २ भदौबाट प्रदर्शन हुन लागेको फिल्म ‘ग्याङस्टर ब्लुज’ को टिम प्रचारप्रसारका लागि देश दौडाहामा लागेको छ। फिल्मका लिड कलाकार, निर्माण युनिट तथा सांगीतिक टिम मोफसलका मुख्य सहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँमा प्रचारको लागि भ्रमणमा निस्किएको छ।

फिल्मको प्रचारका लागि शनिबार पोखरा पुगेको 'ग्याङस्टर ब्लुज' टिमले शनिबार र आइतबार ‘स्ट्रिट कन्सर्ट’ गरेको थियो। संगीतकार कालीप्रसाद बास्कोटा र गायिक वाणिमा प्रधानको प्रस्तुतिमा पोखराको ट्रेडमलमा शनिबार साँझ सयौं दर्शक झुम्मिए। अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री आना शर्मा र रोजिशा शाहीसँग फोटो खिचाउनेको भीड नै लागेको थियो।

युवा पुस्ताको विषयवस्तुलाई फिल्म 'ग्याङस्टर ब्लुज' मा रहेकोले पनि पोखराका विभिन्न कलेजमा पुगेको थियो फिल्म प्रचारप्रसार टिम। फिल्मका नायक-नायिका आशिर, आना, अनि संयम आफ्नो कलेजमा पुगेपछि उनीहरुसँग अंकमाल गर्न, सेल्फी लिनेको भीड लागेको थियो।

जेएमसी र ला ग्रान्‍डी इन्टरनेसनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रममा आशिरमानलाई बाहिर निकाल्न आयोजकलाई मुस्किल परेको थियो। आशिरमानसँग सेल्फी लिनेदेखि किस गर्ने अनि अटोग्राफ लिने क्रेजी फ्यान थिए। यस्तै, लामो समयपछि दर्शकमाझ पुगेका ‘सायद’का अभिनेता संयम पुरीका पनि क्रेजी फ्यानहरु थिए। ‘जेरी’पछि 'ग्याङस्टर ब्लुज’बाट पर्दामा पुनरागमन गरेकी आना पनि फ्यानहरुले घेरिइन्।

पोखरेली दर्शकबाट पाएको मायाले फिल्मलाई न्याय हुने 'ग्याङस्टर ब्लुज’का निर्देशक हेमराज बिसीले बताए। उनले पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएकोले दर्शकलाई फरक स्वाद दिने दाबी गरे। निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकताले फिल्मले सफलता पाउने संकेत गरे।

पोखराको कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ। सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार 'ग्याङस्टार ब्लुज’ टिम प्रचारका लागि चितवन पुग्नेछ। शुक्रबार र शनिबार हेटौंडा जाने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.