|
फोटो : www.newssewa.com

काठमाडौं : प्रहरीले पक्राउ गर्न आएपछि ललितपुरको कुसुन्तीमा एक युवकले आफूले आफैलाई गोली हान्दा मृत्यु भएको छ। घरमा प्रहरी आएपछि हाम फालेर भाग्ने क्रममा २६ वर्षका प्रविन खत्रीले आफूले आफैलाई गोली हानेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।

'लागू औषध कारोबार गर्ने सूचना पाएर महानगरीय अपराध महाशाखाको टोलीसहित प्रहरी उसको घर घेर्न जाँदा पछाडिबाट उ हाम फाल्यो, झाडीमा गयो, उसले आफैलाई गोली हान्यो' उनले भने 'उपचारका क्रममा पाटन अस्पतालमा उसको डेथ भयो।'

कार्कीका अनुसार प्रविनको दुबै हातमा एक एक वटा पेस्तोल थियो। जसमध्ये दाहिने हातको पेस्तोलबाट उनले फायर गरेका छन्। 'उसको एउटा पायर मिस भयो, अर्को फायर दाहिने कन्चटमा लाग्यो' एसपी कार्कीले भने 'देब्रे हातको पेस्तोल पनि गोली लोड गरेको अवस्थामा थियो।'

यातायात व्यवस्था कार्यालयबाट सिधा तल अरुणिमा हाउजिङ र पद्मा कोलोनीको बीचमा घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रविन लागूऔषध दुर्व्यसनी रहेको एसपी कार्कीले बताए। 'ऊ यसअघि नै पक्राउ परिसकेको र रिह्याब पनि बसेको केटा हो' उनले भने 'अहिले पनि ड्रग्सको कारोबार गर्छ भन्ने सूचनाको आधारमा प्रहरी टोली उसको घर पुगेको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.