|

काभ्रेपलाञ्चोकः विगत पाँच वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले आफ्नो वार्षिक उत्सवको अवसरमा छ जना स्रष्टालाई सम्मान गर्ने भएको छ।

पाँच वर्ष पूरा गरी छैठौँ वर्ष प्रवेश गरेको अवसरमा अक्षरमार्गले आगामी साउन २८ गते पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीको प्रमुख आतिथ्यतामा सो सम्मान समर्पण गर्ने जनाएको छ। 

सम्मान कार्यक्रममा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट प्रा. डा. गोविन्दराज भट्टराई, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट नरेन्द्रबहादुर श्रेष्ठ, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट रमा शर्मा, भरतराज अक्षरमार्ग स्रस्टा सम्मानबाट मणिराज सिंह, खड्गवेद अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मानबाट गोविन्दबहादुर थापा, अक्षरमार्ग सहकर्मी प्रतिभा सम्मानबाट ध्रुवकृष्ण ताम्राकारलाई सम्मान गरिने जानकारी अक्षरमार्गका सम्पादक सूर्य लाकोजूले दिएका छन्। 

सोही कार्यक्रममा कृष्णप्रसाद सिटौलाबाट रचित ‘मेरो फूलबारी’ बालकवितासंग्रह पनि विमोचन गरिनेछ। अक्षरमार्गले प्रत्येक वर्ष स्रष्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रम गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.