|
thinglink.com

काठमाडौं : यथार्थ मौसमी सूचना अद्यावधिक गर्दै सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ।वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न आकाशमा विशेष प्रकारको बेलुन उडाउने तयारी गर्न लागिएको हो।

विशेष प्रकारको उपकरण ‘रेडियोसोण्ड’ जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको ‘रेडियोसोण्ड स्टेसन’ बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइससम्मको मौसमी सूचना स‌कलन गर्न सघाउ पुग्ने विभागका अधिकारीहरूले बताए। बिहान र बेलुकी उडाइने २ वटा बेलुनले काठमाडौं उपत्यकासहित मुलुकका धेरै भागको मोसमी सूचना अद्यावधिक गर्नेछ।

वायुमण्डल पुगेको रेडियोसोण्डले कीर्तिपुर स्टेसनलाई लक्षित गर्दै मौसमी सूचना सम्प्रेषण गर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘वायुमण्डलको विभिन्न तहमा पुग्ने बेलुनको सहायताले रेडियो उपकरणमार्फत मौसमी सूचना संकलन गरिन्छ’, उनले भनिन्, ‘यसरी प्राप्त हुने सूचना विश्वसनीय र उच्चस्तरीय हुन्छ। यसले मौसम पूर्वानुमानमा ठूलो सहयोग पुर्‍याउँछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.