|

डडेल्धुरा : समयमा उपचार नहुँदा परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको मृत्यु भएको छ। उपचारका लागि धनगढी लैजाने क्रममा परशुराम नगरपालिका–६ की २१ वर्षीया पुष्पादेवी जोशीको मृत्यु भएको हो। 

सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि त्यहाँका डाक्टरले पुष्पालाई धनगढी लैजान सिफारिस गरेका थिए। धनगढी नपुग्दै बाटोमा नै पुष्पाको मृत्यु भएको जाेगबुढा प्रहरीले जनाएको छ। 

आइतबार बेलुका व्यथा लागेको उनलाई जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो। व्यथा बढेसँगै अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै धनगढी पठाएकोे थियो।आफन्तले अस्पतालको लापरबाहीका कारण पुष्पाको ज्यान गएको आरोप लगाएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.