|

संखुवासभा :  संखुवासभा उद्योग वाणिज्य संघको १२ औं अधिवेशन सम्पन्नबाट युवराज शाक्य नेतृत्वको २३ सदस्यिय प्यानल विजयी भएको छ। निर्वाचनमा कांग्रेस निकट मानिएका शाक्य र एमाले निकट मानिएका सुमन श्रेष्ठ बेग्ला–बेग्लै प्यानल बनाएर प्रतिस्पर्धामा थिए। 

जिल्ला समन्वय समितिको सभाहलमा सोमबार बिहान भएको निर्वाचनबाट निर्वाचनको नतिजा मंगलबार दिउँसा १२ बजेपछि मात्रै सार्वजनिक भएको हो। संघका पदाधिकारीहरुमा अध्यक्ष युवराज शाक्य, प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, द्धितीय उपाध्यक्ष डेगराज बस्नेत, महासचिव सरोज बज्रचार्य, सचिव सञ्जीव कुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन गौली, सह–कोषाध्यक्ष डाक्टरप्रसाद पराजुली विजयी भएका हुन्।

शाक्यकै प्यानलबाट १६ जना सदस्यहरु विजयी भएका छन्। आजीवन र साधारण सदस्यहरु समेत गरी १ हजार ७ सय ७८ मतदाता मत हाल्नका लागि योग्य थिए। त्यसमध्ये १ हजार २ सय ३७ मतदाताले मत खसालेको निर्वाचन मण्डलले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.