|

बैतडीः बैतडीको पाटनमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। 

जिल्लाको पाटन नगरपालिका– १ सकारकी ३४ वर्षकी हरिना विक मंगलबार दिउँसो नजिकैको खोलामा मृत फेला परेकी हुन्। सोमबार दिउँसो घाँस काट्न भनी घरबाट निस्केकी विकलाई स्थानीयले सुर्नया खोलामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

स्थानीय गोपाल विककी पत्नी हरिनाको मृत्युबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय पाटन ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए। उनको शव सुर्नया नदीको बीच बगरमा फेला परेको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.