|

काठमाडौं : रानी पुत्रशोकमा परेपछि राजा प्रताप मल्लले उनलाई सान्त्वना दिनको लागि देशभरका सबै घरबाट दिवंगत भएका मानिसको संझनामा जात्रा निकाल्न लगाए। शोकमा परेकी रानीले 'मैलेजस्तै सर्वसाधारणले पनि परिवारको सदस्य गुमाएका छन्' भन्ने महसुस गरुन् भन्नका लागि यसो गरिएको ऐतिहासिक कथन छ। 

यो जात्रा काठमाडौं उपत्यकाका चार ठूला ऐतिहासिक पुर (शहर) कान्तिपुर,किर्तिपुर, ललितपुर र भक्तपुरमा आज पनि मनाइन्छ। मृतकको संझनामा सबैले घरबाट गाईजात्रा निकाल्छन्। यो पर्व जनै पूर्णिमाको भोलीपल्ट काठमाडौं उपत्याकमा मनाइने प्रचलन भएपनि अहिले नेवार समुदायको बाहुल्यता रहेका देशका सबै स्थानमा मनाइन्छ। 

हरेक बर्ष झै यो वर्ष पनि आ आफ्नो घरमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै गाइ जात्रापर्व मनाइयो। काठमाडौंका चार शहर (पुर) मा यस वर्ष धुमधामका साथ गाईजात्रा मनाइएको छ।

वसन्तपुर 
किर्तिपुर पांगाको जात्रा

किर्तिपुरमा यो जात्रा अलि फरक ढंगले मनाइन्छ यहाँ टोलको निश्चित ठाउँमा जम्मा भएर नाच प्रस्तुत गरिन्छ। 

ललितपुर

 

ललितपुरमा पनि काठमाडौमा जस्तै नगर परिक्रमा गरिन्छ ।

भक्तपुर

भक्तपुरमा यो जात्रा नगर परिक्रमा गरेर मनाइन्छ तर यहाको नगर परिक्रमा गर्ने तरिका अलि भिन्न छ। यहा मृत ब्यक्तिको तस्विर खटमा राखेर खटसहित नगर परिक्रमा गरिन्छ र अन्त्यमा सबै एकै ठाउँमा जम्मा भएर समापन गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.