डडेल्धुरा : जिल्लाको अलिताल गाउँपालिका–५ मा पर्ने सुनखोलाले बगाएर एक जना गम्भीर घाइते भएका छन्। मंगलबार गोदाम बजारबाट घर फर्किने क्रममा आलिताल गाउँपालिका ५ भित्री सैनका ३२ वर्षीय पदम रैकाल गम्भीर घाइते भएका हुन्।
मंगलबार अपराह्न ४ बजे रैकाल खोलामा बगिरहेको अवस्थामा विद्यार्थीहरुले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। गम्भीर घाइते रैकाललाई उपचारका लागि स्थानीयबाट ५ हजार रुपैयाँ संकलन गरी सेती अञ्चल अस्पताल धनगढी पठाएको पत्रकार राम अधिकारीले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।