|

  • मेगराज खड्का

रुकुम : नेपाली कांग्रेस रुकुमले स्थानीय तह निर्वाचनमा  आफ्ना उम्मेदवारलाई हराएर माओवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गरेको भन्दै सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री मिठ्ठु मल्ललाई कारबाहीको सिफारिस गरेको छ।
 निर्वाचनमा अन्तर्घात गरेको भन्दै सांसद मल्ल सहित २१ जना जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण समेत साधिएको थियो। सांसद मल्लले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनको  सदस्यता खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय रुकुम जिल्ला कार्यसमितिको छ।

यस्तै जिल्ला सचिव जनक कुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन र बालकृष्ण भाटलाई पार्टीवाट निस्कासन गरिएको छ। त्यस्तै अन्य १४ जनालाई थप स्पष्टीकरण सोधिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए।

सांसद मल्ल, १ नम्वर क्षेत्रीय सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसीकोट नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराएर माओवादी उम्मेदवारलाई जिताउन सहयोग गरेको आरोप छ ।
आरोप निराधार : मल्ल
पूर्व राज्यमन्त्री एवं सांसद मिठ्ठु मल्लले आफुलाई निराधार आरोप लगाइएको प्रतिक्रिया दिएकी छिन । माओबादीलाई सहयोग गर्यो भन्नु निराधार, कपोकल्पीत र तथ्यहिन भएको भन्दै उनले कारबाही सिफारिस गर्नेलाई नै कारबाही गर्नुपर्ने बताइन्। ‘माओबादीलाई सहयोग गरेको वा जनार्दन शर्माले भनेको आफुले मानेको कुनै प्रमाण भए देखाउन चुनौती दिन्छु’, उनले भनिन, ‘जिल्ला सभापति लगाएत केही मान्छेहरु मलाई सिध्याउन पहिलै देखी खटिएर लागेको र अहिले कारबाहीको नाटक गरे म कुनै पनि हालतमा विचलित भएको छैन केन्द्रले मलाई न्याय दिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.