|

  • दाना शाही

जुम्ला :  वर्ष दिनयता मृत्यु भएका परिवारका सदस्यको सम्झनामा नेवार समुदायले हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा निकाल्ने गर्छ। जुम्लामा भने नेवारइतर समुदायका घरबाट समेत जात्रा निकालिएको छ। 

जुम्लामा साउन महिनामा एक महिना लामो समयसम्म विभिन्न जात्रा देखाउने चलन रहेको जात्रा समितिका महासचिव तोरणसिंह कठायतले जानकारी दिए।

साउन २४ गते प्रतिपदा तिथिबाट विधिगत रूपमा शुरु भएको जात्रा २५ रोपाइँजात्रा, २६ गते पल्टनजात्रा, २७ गते बाघ भालु (खस) जात्रा हुँदै नवमीको दिनमा कृष्णले कंसको बध गर्ने जात्रा देखाई समापन गरिने जात्रा संस्कृतिका संरक्षक चित्रलाल श्रेष्ठले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.