|

काठमाडौं : च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ। युरोपा लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै रियलले उपाधि चुमेको हो।

रियलको जितमा कासेमेरे र इस्कोले गोल गरे। युनाइटेडका लागि लुकाकुले जवाफी गोल फर्काए। २४औं मिनेटमा कासेमेरोको गोलबाट लिएको अग्रता ५२औं इस्कोले दोब्बर पारे। ६२औं मिनेटमा लुकाकुले सान्त्वना गोल फर्काए।

यससँगै रियलले अब क्लब वर्ल्ड कपमा युरोपको तर्फबाट प्रतिनिधित्व गर्नेछ। सन १९९० पछि युइएफए सुपर कपको उपाधि रक्षा गर्ने रियल पहिलो टोली बनेको छ। यसबीचमा कुनै पनि टीमले लगातार दुई पटक सुपर कप जितेका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.