|

गुल्मी : नेकपा एमालेले जिल्ला समन्वय समिति गुल्मीको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेको छ। १२ स्थानीय तह रहेको गुल्मीका २४ मतदातामध्ये एमाले एक्लैसँग १७ मतदाता छन्। जिससमा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मात्र मतदान गर्न पाउँछन्।

एमालेले जिसस प्रमुखमा इस्मा गाउँपालिका– ६ बाट निर्वचित लक्ष्मण पराजुली र उपप्रमुखमा रुरु गाउँपालिका– १ का तुलसीकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सदस्यहरुको उम्मेदवारी टुंगो लाग्न बाँकी छ।

एमालेले जिल्लाका १२ स्थानीय तहमध्ये २ नगरपालिकासहित ७ स्थानीय तह जितेको थियो। थप ३ स्थानीय तहमा उपाध्यक्ष एमालेले जितेको छ। कांग्रेसले ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष तथा माओवादीले एक अध्यक्ष जितेका छन्।

अन्य दलले भने उम्मेदवारीबारे छलफल चलाएका छैनन्। जिसस निर्वाचनका लागि साउन २७ गते मनोनयन दर्ता, २९ गते दाबी विरोध तथा ३० गते अन्तिम नामावली प्रकाशित गरेर ३१ गते निर्वाचन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.