|

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले गएको आर्थिक वर्ष ०७३/०७४ मा ६१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका तर फरार रहँदै आएकाहरुलाई अभियान नै चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

जिल्ला अदालतसंगको समन्वयमा प्रहरीले ‘फरार अभियुक्त पक्राउ’ अभियान नै चलाएपछि खुलेआम घुमिरहेका अभियुक्तहरु पक्राउ परेका हुन्। मुद्दा चल्दाचल्दै धरौटीमा छुटेर सम्पर्कमा नआएका, तारिख तोडेका, मुद्दा सहमतिमा मिलाएका मध्येबाट पनि रकम असुल गर्न बाँकी रहेकाहरु अदालत र प्रहरीको सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालित भएको थियो।

पक्राउ परेकामध्ये सबैभन्दा बढी ४० जना सार्वजनिक अपराधका छन्। त्यस्तै नकावजनी मुद्दाका २, ठगीका १, सम्बन्धविच्छेदका ३, कर्तव्य ज्यानका ४, लागुऔषधका १, सवारी ज्यानका १, अंश मासिक खर्चका १, हातहतियार खरखजानाका १, गौबधका १, कुटपिट अंगभंगका १, जुवाका २ तथा चोरी मुद्दाका १ जना रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.