|

काठमाडौँ: विपन्न आरक्षण कोटा खारेजीको माग गर्दै विद्यार्थीहरूले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जको डिन कार्यालयमा  लगाएको ताला खुलेको छ।

६ बुँदे माग राख्दै महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले डिन कार्यालयमा लगाएको ताला त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र स्वतन्त्र विद्यार्थी युनियनबीच ६ बुँदे सम्झौता भएपछि बुधबार ताला खुलेको हो।

स्ववियु सभापति डा. मिलन गैरेले डिन कार्यालयले आफ्ना माग पूरा गर्ने जनाएपछि लिखित सम्झौतापश्चात ताला खोलिएको बताए।

'हाम्रा मागका सम्बन्धमा डिन कार्यालय सकारात्मक भएपछि ६ बुँदे सम्मझौतापछि हामीले आज ताला खोलिदियौँ र आजैबाट हामीले गर्दै आएको आन्दोलन फिर्ता लियौँ', डा गैरेले भने।

स्ववियुले उठाएको मुख्य माग छ महिना ढिला भर्ना भएको विद्यार्थीका सम्बन्धमा आउँदो शैक्षिक सत्रमा किष्ट मेडिकल कलेजमा एक कोटा घटाएर भर्ना गर्न पहल गर्ने, विपन्नता आरक्षणमा पढेका विद्यार्थीको सम्बन्धमा पनि छानविन अघि बढाउने, कम्युनिटी पोष्टिङमा जानेलाई भत्ता सुविधा मन्त्रालयबाट प्राप्त हुनासाथ उपलब्ध गराउने र मेरिटका आधारमा तोकिएको शुल्कमा अध्ययनको व्यवस्था गर्ने सम्झौता भएपछि ताला खोलिएको डा. गैरेले बताए।

उल्लिखितलगायतका माग राख्दै गत १९ असारदेखि डिन कार्यालयमा ताला लगाइएको थियो। आफ्नो मागप्रति डिन कार्यालय उदासीन भएको भन्दै स्ववियुले साउन ५ गते डिनको वैकल्पिक कार्यालयमा समेत ताला लगाउँदै आएको थियो।

हेर्नुस् वार्ता समितिका निर्णय

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.