अर्थ

विद्युत् प्राधिकरणमा कुलमान प्रभाव: एकै वर्षमा ४७ अर्ब राजस्व, साढे दुई अर्बको सञ्चालन नाफा
SHARES

बढी राजस्‍व बुझाउनेमा सिमेन्ट उद्योग

साउन २५, २०७४

    काठमाडौँ: घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिरकणमा कुलमान घिसिङले व्यवस्थापनमा गरेको सुधारका कारण प्राधिकरणले एकै वर्षमा साढे दुई अर्ब सञ्चालन मुनाफा गरेको छ। आर्थिक वर्ष २०७३/०७४ मा साढे दुई अर्बको सञ्चालन मुनाफासँग प्राधिकरणको घाटा अब ९५ करोड रूपैयाँमा झरेको छ।

    काठमाडौँलगायतका शहरहरूमा लोडसेडिङ अन्त्य र उद्योग क्षेत्रमा लोडसेडिङ घटाएपछि विद्युत प्राधिरकणको महसुल एक वर्षमा ५१ प्रतिशतले वृद्धि भएको छ। प्राधिकरण अर्थ शाखाका अधिकृत लक्ष्मीप्रसाद भट्टराईका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न वितरण केन्द्रहरूमार्फत ४७ अर्ब रूपैयाँ बराबरको महसुल बझाएका छन्।

    गत वर्षभन्दा आर्थिक वर्ष २०७३/०७४ मा १६ अर्ब रूपैयाँ बढी महसुल उठेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ३१ अर्ब रूपैयाँ महसुल उठेको थियो। चालु आर्थिक वर्षमा मात्रै प्राधिकरणको सञ्चालन नाफा दुई अर्ब ५० करोड रूपैयाँ रहेको छ।

    पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका जनार्दन शर्माले विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङलाई नियुक्त गरेपछि उनले लोडसेडिङ अन्त्यको लागि पहल गरेका थिए। २०७३ कात्तिक महिनाबाट काठमाडौँलगायतका ठूला शहरमा लोडसेडिङ अन्त्य गरिएको थियो। परिणाम स्वरूप प्राधिकरणको सञ्चालन नाफा र महसुल रकम बढेको छ।

    बढी महसुल बुझाउनेमा सिमेन्ट उद्योग

    यो वर्ष पनि विद्युत प्राधिकरणमा बढी महसुल बुझाउनेमा सिमेन्ट उद्योग रहेका छन्। सबैभन्दा धेरै महसुल बुझाउने तीन उद्योगमा सिमेन्ट उद्योग नै छन्।

    आर्थि वर्ष २०७३/०७४ मा सबैभन्दा बढी जगदम्बा सिमेन्टले १० करोड रूपैयाँ महसुल बुझाएको छ। धेरै महसुल बुझाउने दोस्रो स्थानमा शिवम सिमेन्ट र तेस्रो स्थानमा रिलायन्स सिमेन्ट रहेका छन्। यसअनुसार शिवम सिमेन्टले छ करोड ५० लाख रूपैयाँ र रिलायन्स सिमेन्टले चार करोड २० लाख रूपैयाँ बुझाएको विद्युत प्राधिकरण अर्थ शाखाले जानकारी दिएको छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]