|

काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बैंकिङ सेवा सञ्चालन गरेको छ। बैंकले यूके एड एक्सेस टु फाइनान्स (सक्षम)  सँगको सहकार्यमा मार्तडीमा बैंकिङ सेवा पुर्‍याएको हो। बुधबार यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

सक्षमसँगको सहकार्यपछि एनआईसी एशिया  बाजुरा जिल्लाको मार्तडीमा शाखा सञ्चालन गर्ने पहिलो निजी बैंक बनेको छ। उक्त शाखाको करिब एक महिनाअघि अर्थात ६ जुलाईमा शाखा कार्यालयको प्रारम्भिक उद्घाटन गरिएको थियो। शाखा सञ्चालनमा आएको पहिलो दिनमा नै ३१ वटा खातामार्फत ९ लाख ५० हजार रूपैयाँ निक्षेप संकलन गरेको थियो।

बुधबार औपचारिक हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले विकट जिल्लामा निजी लगानीमा स्थापित बैंकहरुमध्ये पहिलो वाणिज्य बैंकको स्थापना भई बैंकिङ पहुँच नभएको ठाउँमा बैंकिङ सेवा पुर्‍याउनु सह्राहनीय रहेको बताए। उनले यस्ता सहकार्य सरकारको प्राथमिकताभित्र पर्ने र यस साझेदारीबाट मार्तडीको ग्रामीण भेगका बासिन्दा लगायत आसपास क्षेत्रका बासिन्दाहरु समेत बैंकिङ सेवाबाट लाभान्वित हुने पौडेलले बताए।

यस बैंकले मार्तडी शाखाको अतिरिक्त कालिकोटमा जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.