|

गोरखा : उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ। सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताए।

बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ। एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन्। गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार पाठ्यपुस्तकको खेस्रा तयार भइसकेको छ।

'आउँदो शैक्षिक सत्रमा कक्षा १, अर्को वर्ष कक्षा २ गर्दै माध्यमिक तहसम्म गुरुङ भाषाबाट पठनपाठनको व्यवस्था मिलाउँछौँ,' गुरुङले भने। बारपाक, लाप्राक, उहिया, गुम्दा, लापु, सिर्दिबास, स्वाँरा र सौरपानी, घ्याच्चोक, केरौंजा गाउँका गुरुङ समुदाय गुरुङ भाषाको पाठ्यपुस्तक बनाउन जुटेका छन्।

स्थानीय भाषामा पाठ्यक्रम तयार गरी पठनपाठन गर्न संविधानले नै अधिकार दिएको छ। उत्तरी गोरखामा बोलिने भाषालाई घले समुदायले आफ्नो घले भाषाको संज्ञा दिने र गुरुङ समुदायले गुरुङ भाषाको संज्ञा दिने गर्छन्। उत्तरी गोरखामा बोलिने तमु भाषा भनिनुपर्ने घले समुदाय बताउँछन्। उत्तरी गोरखा तमु समाजले पाठ्यक्रम निर्माणको अगुवाइ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.