|

पर्वत : चालु आर्थिक वर्ष ०७४/०७५ मा पर्वत जिल्लामा विद्युतीकरणका लागि प्रयोगमा ल्याइएका काठका पोलहरु विस्थापित गरिने भएको छ। सुरुमा काठका पोल गाडेर ग्रामिण क्षेत्रहरुमा विद्युत् विस्तार गरिएको भए पनि ती खम्बाहरु भाँचिने र कुहिने समस्याका कारण यसवर्ष सबै काठका पोल विस्थापन गर्ने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरण पर्वत शाखाका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।

जिल्लामा सामुदायिक विद्युतिकरणका ८ हजार र विद्युत् प्राधिकरण मार्पmत विद्युतिकरण भएका ठाउँहरुमा ५ हजार काठका पोल गाडिएको अवस्थामा छन्। गत आर्थिक वर्षमा १३ हजार काठका खम्बाहरु प्रयोगमा रहेकामा जिल्ला समन्वय समितिले १ हजार र विद्युत् प्राधिकरणले ११ सय ३२ गरी २१ सय ३२ वटा फलामका खम्बा खरिद गरी काठका खम्बा हटाइएको छ। 

चालु आर्थिक वर्षमा बाँकी रहेका सबै काठका खम्बा विस्थापन गर्नका लागि झण्डै ११ हजार फलामे खम्बा खरिद गर्नुपर्ने छ। चालु आर्थिक वर्षबाट जिल्लाका सबै काठका पोल विस्थापन गर्ने गरी योजना भएअनुसार खम्बा खरिदका लागि विद्युत् प्राधिकरणसंग सहकार्य गरी आवश्यक काम गर्ने जिल्ला समन्वय समितिले जनाएको छ। पर्वतका ग्रामिण क्षेत्रका धेरै ठाउँमा काठका खम्बाहरु कुहिएर तथा हावाले ढलेपछि बाँसको टेकाहरु प्रयोग गरेर विद्युत् प्रवाह भइरहेको छ।

स्थानीय तहको निर्वाचनमा पर्वतका अधिकांश उम्मेदवारहरुले आपूmलाई निर्वाचित गराएमा काठका खम्बा विस्थापित गरी फलामका खम्बा हालिदिन्छु भनेर प्रतिबद्धता गरेका स्थानीय नागरिकहरुको भनाइ छ। तर स्थानीय तहको बजेटमा भने तीनै जनप्रतिनिधिले खम्बा खरिदका लागि कुनै पनि बजेट विनियोजन गरेका छैनन्। जिल्लामा कुश्मा नगरपालिकाबाहेक फलेबास नगरपालिका तथा पैयूँ, महाशिला, बिहादी, मोदी र जलजला गाउँपालिकाले आर्थिक वर्ष २०७३÷०७४ को बजेट सार्वजनिक गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.