|

डडेल्धुरा : जिल्लाका सात स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समितिले गरेको ‘बधाइ तथा स्वागत’ कार्यक्रममा जनप्रतिनिधिहरुले सडक सुधारका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका हुन्।

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्ल, अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले पहिलो प्राथमिकता ग्रामीण सडक सुधारलाई दिने बताए। 

सुरुमा सडक खन्न हतार हुने र पछि गाडी चलाउन पनि हतार हुने हुँदा ग्रामीण क्षेत्रका सडकहरु दीर्घकालसम्म टिक्न नसकेको मल्लको भनाइ छ। भट्टले नवनिर्वाचित जनप्रतिनिधिहरु र यातायात व्यवसायीबीच सहकार्य जरुरी रहेको धारणा राखे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.