|

सिन्धुपाल्चोक : भूकम्पले तहसनहस बनेको इन्द्रावती गाउँपालिका–१२ भीमटारको दनुवार वस्ती पुनर्निर्माणमा जुटेको छ।

एसओएस बालग्राम नेपालको सहयोगमा दनुवार बस्तीमा अहिले एकैपटक एक सय ७७ घर निर्माण हुँदैछ। साथै एक विद्यालय र एक सामुदायिक भवन पनि बन्दैछन्. दनुवार वस्तीका एक सय ७७ घर एकै प्रकारको भूकम्पप्रतिरोधी घर बन्दैछन्। इट्टा, फलामलगायत सामग्री प्रयोग गरेर बनाइएका यी घर २ कोठाका हुनेछन् ।

पुससम्ममा सबै घर बनाइसक्ने एसओएसले बताएको छ। ‘नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको छ’ स्थानीय महिला लक्ष्मी दनुवारले भनिन्, 'माघदेखि नयाँ घरमा बस्न पाउनेछौं।' भूकम्प गएका बेला उद्धार, उपचार, राहतमा सहयोग गरेको र घर बनाइदिएको भन्दै स्थानीय बासिन्दाले एसओएस बालग्रामको प्रशंसा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.