|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ। संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो सो अधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म हुन सकेको थिएन। प्रदेशको अधिवेशनपछि देशका ७४४ स्थानीय तहमा पार्टीले सांगठनिक संरचना तयार गर्ने र विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्नेछ। 

प्रत्येक प्रदेशमा अध्यक्षको नेतृत्वमा नौजना रहेको परिषद् गठन गरिनेछ। प्रदेशमा ६० प्रतिशत निर्वाचनबाट प्रतिनिधि छनोट गरिनेछ भने ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने गरी गृहकार्य भइरहेको छ। सो अधिवेशनका लागि तिथि भने अझै निश्चित भइसकेको छैन। 

पार्टीले स्थानीय तहको दुईवटा निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि नयाँ रणनीति बनाएर आगामी स्थानीय तह तथा प्रादेशिक र केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्ने जनाएको छ। 

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहमा धेरै स्थानमा सफलता प्राप्त गर्न शीर्ष नेतृत्व त्यसतर्फ केन्द्रित गरिनेछ। पार्टीले स्थानीय तहमा अन्य दलको अवस्था मूल्यांकन गरी तालमेलसमेत गर्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.