|

चितवन : हात्तीको आक्रमणबाट पर्सामा एक बाललको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीले गएराति आक्रमण गर्दा पर्साको सुवर्णपुर गाउँपालिका वडा नम्बर २ का १२ वर्षीय रिजन प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापश्चात स्थानीयले सुरक्षाको माग गरेका छन्। स्थानीयको मागलाई मध्यनजर गर्दै तत्काल त्यहाँ मचान बनाएर सुरक्षा निगरानी बढाउने तयारी गरेको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

निकुञ्जबाट निस्किने वन्यजन्तुको आक्रमणबाट बर्सेनि दर्जनौँले ज्यान गुमाउने गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.