|

  • देवानन्द न्यौपाने

कैलाली : लगातारको वर्षाले कैलालीको जनजीवन प्रभावित बनेको छ। गएरातिदेखिको वर्षाका कारण जिल्लाका विभिन्न भू–भाग जलमग्न बनेका छन्। लम्कीचुहा नगरपालिकाको लम्की बजार क्षेत्र, बसपार्क, भल्का, पहलमानपुर, नारायणपुर, बलियासहित टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाका विभिन्न भू–भाग जलमग्न बनेका हुन्।

बाढीले कवाडी सामान संकलन गर्दै आएका फारुक खानको करिब ५० हजार बराबरको सामान बगाएको छ। लम्कीका स्थानीय ललित बुढाको घर बाढीले भत्काएको छ। 

यस्तै लम्कीमै रहेको लालरत्न अस्पतालमा बाढी पस्दा अस्पतालको अण्डर ग्राउण्डमा रहेको फिजियो थेरापीका करिब १५ लाख बराबरका मेसिनरी सामानमा नोक्सान पुगेको अस्पतालका सञ्तचलक लिलाराज विष्टले बताए। लम्की बसपार्कतिरका अधिकांश स्थानीयको घरमा पानी पसेको छ।

लम्कीचुहा नगरक्षेत्रमा ढल निकास नहुनु, भएका खोलानालासमेत स्थानीयले कब्जा गरेर घर निर्माण गरेकाले डुबानको समस्या बर्सेनि बढ्दै गएको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.