|
भूकम्प पीडितको उद्दार गर्दै सैनिक। Photo: www.globaltimes.cn

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको ७ म्याग्नीच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १९  पुगेको छ। बिहीबारसम्म १९ को मृत्यु भएको र ३ सय ४७ जना घाइते भएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले लेखेको छ।

भूकम्पबाट प्रभावितहरुको उद्वार कार्य जारी रहेको सरकारी अधिकारीले बताएका छन्। घर र भौतिक संरचना भत्किाएकाले भग्नावशेषमा पुरिएका मानिस खोज्ने काम भइरहेको छ। उद्वारकर्मीहरुले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ।

पर्यटकीय क्षेत्र रहेको सिचुवान प्रान्तको जिउजाइगुउ बाट ठूलो सङ्ख्यामा पर्यटक अन्यत्रै लागेका छन्। त्यहाँबाट ५० हजार भन्दा बढी पर्यटक सुरक्षित स्थलतर्फ लागेको बताइएको छ।

मङ्गलबार राति गएको शक्तिशाली भूकम्पपछि अर्को ठूलो शक्तिशाली धक्का महसुश गरिएको बताइएको छ। सिचुआनमा २४ घन्टामा दुई शक्तिशाली भूकम्प गएकोले स्थानीयमा त्रास फैलिएको छ।

पछिल्लो धक्का ६.३ म्याग्नीच्युडको आएको थियो। यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तान सीमा इलाका नजिकै रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.