|

दाङ: दाङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न साउन ३१ गते हुने निर्वाचनका लागि तीन जना व्यवसायीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी संघको तर्फबाट मञ्जु बज्राचार्य, वामपन्थी व्वयसायीहरूका तर्फबाट नारायण भुसाल र संघका पूर्व अध्यक्षहरूको समर्थनमा ध्रुवकुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रजातान्त्रिक प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा वसन्त जोशी, वाणिज्यतर्फको उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल उम्मेदवार छन्। यस्तै, सदस्यहरूमा उद्योगतर्फ टंकप्रसाद पोख्रेल (कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणिज्य सदस्यमा मीनराज भाट, अन्य सदस्यहरूमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल (विश्व), धनपति शर्मा र राजकुमार गुप्ता उम्मेदवार छन्।

नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानललाई संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको समर्थन रहेको छ। श्रेष्ठले व्यवसायीहरूको हकअधिकार, क्षमता विकास र समग्र दाङको विकासका लागि प्रजातान्त्रिक उद्योगी संघले महिलालाई अध्यक्षको उम्मेदवार बनाएकोमा धन्यवाद दिए। दाङ जिल्ला उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक अध्यक्षमा महिला उम्मेदवार भएको भन्दै इतिहास कायम गर्न पनि मञ्जु बज्राचार्यको नेतृत्वमा रहेको प्यानलले विजयी भएर काम गर्न सक्ने विश्वास उनले व्यक्त गरे।

त्यस्तै वामपन्थी प्यानलमा अध्यक्ष नारायण भुसाल, उपाध्यक्षमा एकराज खनाल र नारदमणि पोख्रेल, महासचिवमा अनिल आचार्य, सचिवमा हरि खरेल र कोषाध्यक्षमा श्रीधर पाख्रेलको उम्मेदवारी परेको छ। संयुक्त प्यानलले पनि चुनावी प्रचार सुरु गरेको छ। संयुक्त प्यानललाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी, नेकपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.