|

एजेन्सी : लियोनल मेसी स्पेनका सर्वोत्कृष्ट खेलाडी हुन्। यो बार्सीलोनाका फ्यान वा उनका टिमका सहकर्मीले मात्रै भनेको कुरा होइन। स्पेनिस फुटबल सम्बन्धी गरिएको नयाँ अनुसन्धानका तथ्यहरुले बोलेको कुरा हो। 

सेन्टर फर रिसर्च अन हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स अफ स्पेनिस फुटलब (सीआईएचईएफई) नाम दिइएको यो अनुसन्धान सन् १९२९ देखि अहिले अहिलेसम्मको स्पेनिस फुटबलको विषयमा आधारित छ। 

पछिल्लो ८६ वर्षको अध्ययनमा स्पेनकै सर्वोत्कृष्ट बनेका लियोनल मेसीलाई रियल म्याड्रिडका पूर्व फरवार्ड राहुल गोन्जालेजले पछ्याएका छन्। खेलाडीले प्रत्येक सिजन खेलेका मिनेट, गरेका गोल र उनीहरुले पाएको कार्ड समेतलाई आधार मानेर अनुसन्धानकर्ता जोसे एन्टोनियो ओर्टेगाले यो रिर्पोट तयार पारेका हुन्।

यस अनुसन्धानका क्रममा ९ हजार २ सय ८० खेलाडीबारे अध्ययन गरिएको थियो। जसमा ८ सय ५४ गोलकिपर समावेश थिए। पहिलो स्थानमा रहेका मेसीले ५ सय ४५ अंक ल्याएका छन् भने दोस्रो भएका राहुुलले ५ सय २८ अंक पाएका छन् ।

त्यस्तै सन् १९४१ देखि ०६९ सम्म बार्सिलोनाबाट खेलेका सिजर रोड्रिग्वेजले ५२४, एथलेटिको बिल्बाओबाट १९४० देखि १९५६ सम्म खेलेका टेल्मो जाराले ४ सय ९३ र स्पोर्टिङ गाजोन तथा बार्सिलोनाबाट १९६८ देखि १९८७ सम्म खेलेका इनरिके क्यास्त्रोले ४ सय ८८ अंक पाएका छन्। 

लियोनल मेसी ला–लिगामा ३ सयभन्दा बढी गोल गर्ने एकमात्रै खेलाडी हुन्। उनले ३ सय ४९ गोल गरेका छन्। मेसीपछि ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो हुन्। उनले २ सय ८५ गोल गरेका छन्। तर रियल म्याड्रिड स्टार रोनाल्डो यो सुचीको १७ औं स्थानमै सिमित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.