'कहीँ नभएको जात्रा हाँडिगाउँमा'

|

काठमाडौं : गठन भएको एक वर्षमै नयाँ शक्ति पार्टी, नेपालको औचित्यमाथि प्रश्न उठाउँदै नेताहरू देवेन्द्र पौडेलसहितका नेताहरूले नयाँ ध्रुवीकरणको आह्वान गरेका छन्। नयाँ शक्ति पार्टी गम्भीर संकटको स्थितिमा परेको निष्कर्ष निकाल्दै उनीहरूले त्यसको मुख्य जिम्मेवारी संयोजक डा. बाबुराम भट्टराईले लिनुपर्ने बताएका छन्।

पौडेलसहितका नेताले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ एकता र धुव्रीकरणका लागि आह्वान गरेका छन्। नयाँ शक्ति पार्टी विचारविहीन बनेको आरोप लगाउँदै उनीहरूले भनेका छन्- 'माओवादीमा लामो जीवनकालको संघर्ष र त्यसबाट प्राप्त उपलब्धीलाई हेर्दा नैतिकताले पनि उल्लेखित विचारविहीन सिद्धान्तप्रतिको व्यंग्य स्वीकार गर्न सकिएन।'

परिवर्तकारी शक्तिबीचको एकतामा जोड दिँदै उनीहरूले माओवादी घटकहरू, मधेसकेन्द्रित दलहरू, आदिवासी जनजाति, पहिचानवादीहरू र वर्गका पक्षधरहरूको संयुक्त मोर्चा या ध्रुवीकरणसहितको पार्टी एकता अहिलेको आवश्यकता रहेको ठहर गरेका छन्।

एकताको भूमिका निर्वाह गर्न उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेताहरूलाई उनीहरूले आग्रह गरेका छन्।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका थिए। गत वर्ष साउन ३१ मा नयाँ शक्ति नेपालको औपचारिक घोषणा गरिएको थियो।

१५ नेताको अपिल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.