|

  • दाना शाही

जुम्ला : कर्णालीको लामो जात्राको तेस्रो दिन आज मिम–बादशाह जात्रा सम्पन्न गरिएको छ। विभिन्न प्रकारको पहिरन र रंग घसेर यो जात्रा मनाइएको हो। हिजो बुधबार कर्णालीको संस्कृतिसँग जोडिएको रोपाई र धामी जात्रा मनाइएको थियो।

मिम अर्थात रानी र बादशाह अर्थात राजाको स्वरुप दिएर यो जात्रा मनाइएको जात्रा समितिका अध्यक्ष तोरणसिंह कठायतले जानकारी दिए। अब २७ गते सुरुमा बाघ–भालु जात्रा निकाल्ने र त्यसैदिन पल्टन जात्रा निकालेर बाघ–भालुलाई मार्ने उनले बताए।

यो जात्रा संस्कृति हेर्न अहिलेदेखि नै कालिकोट, मुगु र जाजरकोट जिल्लाबाट जात्राहरु आउन थालेका छन्। पल्टन बाघ–भालु जात्रा सकेर दुई दिन विश्राम गरी अन्तरमा कृष्ण जन्म अष्टमीको जात्रा लाग्ने समितिले जनाएको छ। जात्रामा युवा भन्दा बढी बालबालिका सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.