|

जाजरकोट : जिल्लाको  भेरी नगरपालिका ३, तल्लोथाप्लेको बसपार्क छेउमा बेबारिसे शव फेला परेको छ। अन्दाजी ३०÷३५ वर्षको गोरो वर्ण, साढे ५ फिट उचाई भएको र सर्ट पाईन्ट लगाएको पुरुषको शव फेला परेको हो। 

बेवारिसे अवस्थामा फेला परेको मृतकको नाम थर वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको निरीक्षक अवस्थीले बताए। घटना बारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.