|

  • गोविन्द महतो

जनकपुर : बुधवार राति करिब १० बजेदेखि परेको वर्षाले जनकपुर उप–नगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ। लागातारको भारी वर्षाका कारण पानीले जनकपुरको ऐतिहासिक बाह्रबिघा रङ्गभुमी मैदान, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोक देखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको हो।

जनकपुर मिथिलाको प्राचीन एवम् ऐतिहासिक नगरीका रुपमा परिचित छ। तर खाल्डा–खुल्डी सडक ,ढलको उचित निकास अभाव र फोहर व्यवस्थापन यहाँ मुख्य समस्याका रुपमा रहेका छन्।

हाल एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकिकृत सहरी विकास आयोजनाको काम सुस्त गतिमा भइरहेका कारण नालामा पानीको निकास नहुँदा राष्ट्रिय समाचार समिति, हुलाक, मालापोत, नापी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा लगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ।

लगातार १४ घण्टा परेको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको हो। सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहरले भरिएको छ।जनकपुरमा नालाको समस्याले गर्दा स्थानीयवासीले विभिन्न प्रकारको समस्या झेल्दै आएका छन्। उनीहरु उप–महानगरपालिकाले खासै ध्यान नदिएका कारणले यस्तो समस्या आएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.