|
Photo : tripadvisor.ca

काठमाडौं : पर्यटकीय आकर्षणको केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिविनै बनाइएको खुलेको छ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ। 'पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रुपमा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन,' महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ।

अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय र पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्टार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

महाशाखाले पर्यटकीयस्थलमा सञ्चालन हुने होटल, रिसोर्ट, रेस्टुरेन्ट आदिको हकमा लालपुर्जा, नक्सा, स्थलगत निरीक्षण, भान्छा, शौचालय, पार्किङ तथा वातावरणीय अध्ययन प्रतिवेदन अध्ययन गरेर मात्र सञ्चालन सिफारिस गर्ने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.