|

काठमाडौं : हालै बढुवा भएका अधिकृतहरूले सामाजिक सञ्जालमा फोटो 'पोस्ट' गरेपछि माथिल्लो तहबाट कारबाहीको चेतावनी दिएको भन्दै सुरक्षा निकाय आलोचनाको केन्द्र बनेका छन्।

लामो समयपछि बढुवा भएका सशस्त्र प्रहरी बलका एक अधिकृतले दर्ज्यानी चिह्न लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै सुरक्षा निकायको प्रधान कार्यालयले स्पष्टीकरण लिएपछि यो विषयमा बहस सुरु भएको हो।

सुरक्षा निकायका ऐन तथा नियमावलीमा सामाजिक सञ्जालमा फोटो 'पोस्ट' गरेमा कारबाही हुने उललेख नभए पनि ती सुरक्षा निकायको प्रधान कार्यालयले भने मौखिक आदेशको भरमा उनीहरूको हुर्मत लिएको भन्दै आलोचना सुरु भएको छ।

गृहमन्त्री जनार्दन शर्माले पद बहाली गर्ने क्रममा जथाभावी नबोल्न, र समामाजिक सञ्जालमा युनिपर्म लगाएको फोटो नहाल्न प्रहरी अधिकृतहरूलाई  आदेश दिएका थिए। यसैलाई आधार बनाएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विना कानुन जंगबहादुरको शैलीमा मातहतका अधिकृतलाई कारवाही गर्ने चेतावनी दिएका हुन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक राजु अर्यालले सामाजिक सञ्जालमा युनिफर्म लगाएको तस्विर पोस्ट गरेर संगठनलाई होच्याउने काम गर्नेमाथि कारबाही हुने बताए। कानुन व्यवसायी रणबहादुर थेवेका अनुसार कानुन नै नबनाई मातहतका अधिकृतहरूलाई धम्की दिनु अनुचित हो। सुरक्षा निकायले कानुन बनाएर कारबाही गर्नुपर्छ। जसलाई जे मन लाग्यो त्यही गर्नपाइँदैन’, उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.