|

कावासोती : नवलपरासीको गैडाकोट–१३  मा गएराति बसले  कारलाई  ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

ना ५ ख ३३६६ नम्बरको काठमाडौंबाट आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६ च ४८५१ नम्बरको कारलाई  ठक्कर दिँदा चालक भारतको डेङ्गोरका अन्दाजी ४८ वर्षीय रेवन महादेवाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा महादेवाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ३ जनाको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.