मोरङ : विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गएराति एक साइकलयात्रीको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नम्बरको ट्रकले साइकलमा रहेका विराटनगर–१६ का ४३ वर्षीय मनोज साहलाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते साहको उपचारका क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा राति मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।